Monday, July 22, 2024
Wednesday, July 3, 2024
Tuesday, June 4, 2024
Saturday, May 25, 2024
Thursday, May 16, 2024
कक्षा १० को समायोजन गरिएको नेपाली किताब २०८१
Saturday, May 4, 2024
कक्षा ७ को सुनाइ पाठ (नेपाली)
कक्षा ५ को सुनाइ पाठ (नेपाली)
कक्षा ६ को सुनाइ पाठ (नेपाली)
कक्षा १२ को सुनाइ पाठ (नेपाली)
Friday, April 26, 2024
कक्षा ८ को सुनाइ सामग्री (नेपाली)
कक्षा १० को सुनाइ सामग्री (नेपाली)
Tuesday, October 10, 2023
नेपाली भाषा शिक्षक समितिद्वारा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण (भिडियोसहित)
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तर्गत नेपाली भाषा शिक्षक समितिको आयोजनामा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
असोज
२१ र २२ गते गरी २ दिनसम्म अनलाइन मोडमा भएको प्रशिक्षणमा कक्षा ६ देखि १२ का अनिवार्य
नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका १८ ओटा कविताको संरचना र लयविधानबारे प्रा.
डा. देवी नेपालले सहजीकरण गरेका थिए । पहिलो दिन लोकलय र मुक्त छन्दका कविताका
संरचना र लयसम्बन्धी सहजीकरण गरेका नेपालले दोस्रो दिन शास्त्रीय छन्दका कविताका
लय र संरचनाबारे चर्चा गरेका थिए । मुक्त छन्दका कवितालाई समेत लयबद्ध प्रस्तुत
गर्ने र कतिपय शास्त्रीय छन्दका कवितालाई गद्य रचनाको शैलीमा पाठ गर्ने गरेको आफूले
देखेको भन्दै नेपालले यस्तो अवस्थाबाट कवितालाई कविताकै रूपमा अध्यापन गर्न सहज
होस् भन्ने हेतुले आफूले कविताको संरचना र लयसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै
आएको जानकारी दिए ।
उनले
प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको अभियानले समग्र नेपालको शैक्षिक
क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै हरेक विद्यालयमा पुगेर हरेक
शिक्षकलाई प्रशिक्षण दिन असम्भव हुने परिस्थितबाट मुक्त हुनका लागि पनि यस्ता
कार्यक्रम लाभदायी हुने धारणा राखे । कविता जुनसुकै छन्दमा भए पनि स्थानीय पहिचानलाई
ख्याल गर्दै वाचन गर्न सकिने बताउँदै गति र यतिमा विशेष ख्याल राख्नुपर्नेमा उनको
जोड थियो । सुप्रसिद्ध कविका रूपमा समेत परिचित नेपालले प्रशिक्षणकै क्रममा कविता
लेखन अभ्यासका उदाहरणसमेत दिँदै गद्य कवितामा रहेको अन्तर्लयलाई बुझेर शिक्षण गर्न
शिक्षकहरूसँग आग्रह गरे । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको
जिम्मेवारीसमेत पूरा गरिसकेका डा. नेपाल वाल्मीकि क्याम्पसमा प्राध्यापनरत छन् ।
उनका छन्दसम्बन्धी ज्ञान दिने ‘छन्दपराग’ लगायत डेढ दर्जनभन्दा बढी साहित्यिक कृति
प्रकाशित छन् ।
पहिलो
दिनको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाज, नेपालका
केन्द्रीय अध्यक्ष भूपति बश्यालले सिक्ने/सिकाउने अभियानमा आफूहरू लागिरहेको बताउँदै
नेपाली विषय समितिको सक्रियता लोभलाग्दो रहेको अनुभव सुनाए । उनले पाठ्यक्रम विकास
केन्द्रले पाठ्यक्रमसँगै आवश्यक सम्पूर्ण सामग्रीहरू एकै साथ तयार पार्न सुझावसमेत
दिए ।
विशेष
अतिथि पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले विधागत विशेषतालाई बुझेर
अध्यापन गर्नुपर्नेमा जोड दिए । विद्यालयहरूमा पुग्दा जुन उद्देश्यले पाठ्यपुस्तकमा
सामग्री समावेश गरिएको थियो, त्यसको मर्ममा पुगेर शिक्षण हुन नसकेको अनुभव आफूले
प्राप्त गरेको भन्दै अधिकारीले पाठ्यक्रम विकास केन्द्रले नै यसतर्फ ध्यान
दिनुपर्ने महसुस भएको भनाइ राखे । यस्तो अवस्थामा प्रविधिमैत्री शिक्षक समाजले
गरेको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।
कक्षा
८ को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘फर्क आफ्नै देश’ शीर्षकको कविताका कवि
विक्रमपवन परियारले सो कविता वाचन गरेका थिए ।
दोस्रो
दिनको प्रशिक्षण कवि डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो । कक्षा
१० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘उज्यालो यात्रा’ का कविसमेत रहेका
ज्ञवालीले आफ्नो कविता पढाउने शिक्षकहरूसँग भर्चुअल मोडबाटै भए पनि भेट्न पाएकोमा
खुसी व्यक्त गरे । ‘शिक्षक मात्रै त्यस्तो आशा गर्न सकिने वर्ग हो, जसले समाज
परिवर्तन गर्न सक्छ’ ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको नेपाली
भाषालाई मास्नका लागि खेल भइरहेको छ, अब नेपाली भाषा जोगाउनका लागि शिक्षकहरू नै
लाग्नुपर्दछ ।’ विधाका माध्यमबाट भाषिक सिप सिकाइरहँदा आफ्नो उद्देश्यमा स्पष्ट
हुनुपर्नेमा जोड दिँदै विद्यार्थीलाई परिवर्तन गर्नका लागि शिक्षण केन्द्रित बनाउन
उनले आग्रह गरे । शिक्षक विश्वकै राजदूत भएको उनको भनाइ थियो ।
विशेष
अतिथि कक्षा ८ को पाठ्यपुस्तकमा समावेश गरिएको कविता ‘प्यारो प्रकृति’ का कवि
प्रल्हाद पोखरेलले सो कविता वाचन गर्दै शिक्षकहरूसँगको सान्निध्य प्रिय लागेको
अनुभव सुनाए ।
दुवै
दिनका कार्यक्रम नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहराको अध्यक्षतामा भएको
थियो । नेपाली विषयका शिक्षकहरूलाई पनि प्रविधिमैत्री बनाउने अभियानमा आफूहरू
लागेको बोहराले बताए । कार्यक्रममा समितिका सदस्य तारादेवी आचार्य र ध्रुव गिरीले
स्वागत गरेका थिए भने सञ्चालन रुपिन्द्र प्रभावीले गरेका थिए ।
Sunday, October 8, 2023
हार्दिक आमन्त्रण
- हार्दिक नमस्कार ।
STFT, NEPAL अन्तर्गत नेपाली भाषा शिक्षक समितिकाे संयाेजनमा प्रा. डा. देवी नेपालको सहजीकरणमा नेपाली पाठ्यपुस्तक ( कक्षा ६-१२) मा समाविष्ट कविताहरुको संरचना र लयविधान प्रशिक्षण तपसिलकाे मिति, समय र जुम आइडीमा हुने भएकाेले यहाँहरुकाे गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछाैँ ।
तससिल :
मिति : २०८० असाेज २१ र २२ गते ।
समय:- साँझ ७:३० बजेदेखि
जुम आईडी :- 2254251111
पासकाेड : STFT
( जुम क्षमता १०००० जना हाे । समयमै जाेडिनुहाेला । )
जुम लिङ्क :
https://us06web.zoom.us/j/2254251111...
Saturday, October 7, 2023
प्रशिसका केन्द्रीय महासचिव सस्मितको पाँचौँ कृति सार्वजनिक
प्रकाश अधिकारी
पोखरा ।
साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक
कार्यक्रमका बिच विमोचन गरिएको छ ।
भैरव
अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना
गरेको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा
फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल
मोडमा विमोचन गरे । प्रमुख अतिथि लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव
अर्यालपछि सुस्ताएर गएको भन्दै सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको
टिप्पणी गरे ।
अनेसासका
संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफसलको साहित्यलाई हेर्ने
दृष्ट्रिकोणलाई लक्षित गदै भने, “हाम्रो साहित्यले अन्धराष्ट्रवाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै
नहेरेर हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।” सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै
प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त साहित्यकारका रूपमा
चित्रित गरे । उनले गणितको विषयवस्तुलाई अध्ययन गरेर त्यसलाई अगाडि पस्किन सक्यो
भने पठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवासमेत गरे ।
पेसाले
मावि तहका कुशल गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो । यसअघि
धुमिल आकाश (शैक्षिक उपन्यास), विलोकन (मुक्तक सङ्ग्रह), बहाव (गजल सङ्ग्रह), र डायरीमा टाउके
(हास्यव्यङ्ग्य) निबन्ध सङ्ग्रह प्रकाशाति छन् । कुरैकुराको खेती भुँडपुराण
प्रकाशनले बजारमा ल्याएको हो ।
समीक्षक
रामप्रसाद सुवेदीले पुस्तकको “कुरैकुराको खेती” उत्कृष्ट कृतिका रूपमा आएको बताए ।
सुवेदीले अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट भाषाशैलीमा अभिव्यक्ति दिएको भनाइ
राखे । लघु आकारका निबन्धमार्फत विसङ्गतिविरुद्ध विद्रोहका रूपमा “कुरैकुराको
खेती” आएको बताए ।
लेखकीय
भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभए पनि सामाजिक, राजनैतिक, शौक्षिक बेथितिले
प्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि जन्मिएको आफ्नै अनुभवको सङ्ग्रह भएको बताए ।
विभिन्न समयमा आफूले भोगेका दुःख, दर्द र भोगाइलाई इमानदार भएर लेखेको उनको भनाइ
थियो ।
गण्डकी
प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’,
प्रसिद्ध साहित्यकार प्रा.डा.
षडानन्द पौडेल, विनेसामका केन्द्रिय सङ्गठन सचिव तथा नेपाल अध्यक्ष कल्पना
पौडेल ‘जिज्ञासु’, प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष भूपति बश्याल, प्रकाशक भुँडीपुराण
प्रकाशनका सञ्चालक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।
विनेसाम
गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
उपाध्यक्ष आरती आचार्यले स्वागत र सचिव प्रेम थापा मन सञ्चालनले गरेका थिए ।
अनलाइन मोडमा सञ्चालन भएको कार्यक्रममा संसारभरका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका
प्रमुखहरुको सहभागिता रहेको थियो ।

