Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Thursday, June 25, 2020
Sunday, May 31, 2020
भूपीसिंह धामीको गजल
नेपाली भाषा शिक्षक समिति
1:08 AM
0
गजल
- भूपीसिंह धामी
अरे मित्राैँ यहाँ बाेल्छ काेले सीमामा।
जवाफ त के तँ प्रश्न नै गर्न पाउँदैनस्,
जब गाेर्खे कलमीकाे रापले पाेले सीमामा।
पुग्ने छ टाउको एक दिन तेरै दिल्लीमा,
तिम्रा यी स्यालले र्याल घाेले सीमामा।
सहिदकाे त्यागी मन्त्र जप्दै आमा बचाउन,
आज कलमी सेनाकाे अड्डा खाेले सीमामा।
दुश्मन मार्न खुकुरी छ ,काल मार्न कलम,
तर पनि किन बाेल्दैन आफ्नाेले सीमामा ।
दार्चुला लेकम ,बिटाेरा
हाल (धनगढी ,कैलाली )
Wednesday, May 20, 2020
लघुकथा- चेतनाको बिजाङ्कुुरण– रुपिन्द्र प्रभावी
नेपाली भाषा शिक्षक समिति
5:02 AM
0
लघुकथा
चेतनाको बिजाङ्कुुरण
– रुपिन्द्र प्रभावी
हामीले चुुूूनावको नतिजा घोषणा हुुनासाथ विजय जुुलुुस निकाल्यौं । मध्य रातमा मस्त निदाएका गाउँलेहरुलाई जुुलुुसमा लिएर हिंडियो । भोलिपल्ट भव्य भोज भयो । अब तीन महिना बित्न पनि हाम्रा लागि तीन वर्षजत्तिकै लाग्न थाल्यो । तीन महिना बित्ला र वर्षौंअघि गाडिएको विजुुलीको खम्बाले मूर्तरुप पाऊला भन्ने आशा थियो हामीमा । हामीमा वर्षौंअघि हिउँदमा ट्रयाक्टर हिंड्ने गरी बनेको कच्ची सडकमा कम्तिमा बस जान सक्ने होला भन्ने भरोसा थियो । तीन, छ, नौ, बाह्र हँुुदै धेरै महिनाहरु बिते तर भक्तबहादुुरको पाइला गाउँतिर सोझिएन । उनका लागि चुनाव प्रचारप्रसार गर्ने अभियानमा सक्रिय हामी दुुईचार जनालाई सोझा गाउँलेहरु राजनीतिक चेतनाका साथ गाली गर्न थाले, सबै आक्रोश पोख्न थाले । त्यसपछि हामी नै सोंचमग्न भयौं र छलफलमा जुुट्यौं । छलफलबाट निष्कर्ष निस्क्यो– गाउँको विद्यालयको वाषर््िाकोत्सवमा प्रमुुख अतिथि बनाएर सांसद भक्तलाई बोलाउने र सबै आक्रोशहरु पोख्ने ! प्रस्ताव लिएर हामी गयौं सांसद निवासतर्फ । तर, बिडम्बना ! सांसद भक्तबहादुुर अहिले फुुर्सद नभएको र एक महिनापछि आफैं आउने आश्वासन दिएर हाम्रो टोलीलाई फिर्ता पठाउन सफल भए । गाउँलेहरु त्यसै थचमरिन बाध्य भए ।
ठ्याक्कै आठ वर्षपछि भक्तबहादुुूूर गाउँ आए । कतिपयले उनलाई ठम्याउन सकेनन् । उनी पहिलेजस्तो सुुईखुट्टे थिएनन् । उनको काया पूरै फेरिएको थियो । चिन्नेहरुले पनि नचिनेको अभिनय गरे । यसपालि उनले गाउँमा न घोषणापत्र छर्न पाए, न त प्रतिबद्धता गर्न नै भ्याए किनकी भक्तबहादुुरको अन्धोभक्त भएबापत पाएको सास्तीबाट उनीहरुमा राम्ररी चेतनाको बिजाङ्कुरण भइसकेको थियो ।