पोखरा ।
प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तर्गत नेपाली भाषा शिक्षक समितिको आयोजनामा कविताको
लयविधान र संरचनासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
असोज
२१ र २२ गते गरी २ दिनसम्म अनलाइन मोडमा भएको प्रशिक्षणमा कक्षा ६ देखि १२ का अनिवार्य
नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका १८ ओटा कविताको संरचना र लयविधानबारे प्रा.
डा. देवी नेपालले सहजीकरण गरेका थिए । पहिलो...
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts
Tuesday, October 10, 2023
नेपाली भाषा शिक्षक समितिद्वारा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण (भिडियोसहित)
रुपिन्द्र प्रभावी
7:18 AM
0
Saturday, October 7, 2023
प्रशिसका केन्द्रीय महासचिव सस्मितको पाँचौँ कृति सार्वजनिक
रुपिन्द्र प्रभावी
8:44 AM
0
प्रकाश अधिकारी
पोखरा ।
साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक
कार्यक्रमका बिच विमोचन गरिएको छ ।
भैरव
अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना
गरेको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा
फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले...
Sunday, March 19, 2023
प्रशिस गण्डकीद्वारा शिक्षकलाई तालिम
रुपिन्द्र प्रभावी
8:10 AM
0
पोखरा । प्रविधिमैत्री शिक्षक समाज
नेपाल, गण्डकी प्रदेशले Digital pedagogy for ICT and 21st century
skills Integration सम्बन्धी एकदिने कार्यशाला आइतबार पोखरामा सम्पन्न
गरेको छ ।
शिक्षकहरूको लागि प्रविधिमा पहुँच पुर्याउन
र बदलिँदो समयसँगै हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम तथा
उच्च तहमा सिकाइलाई प्रविधिसँग...
Tuesday, March 23, 2021
नेपाली भाषा शिक्षक समितिका संयोजक बोहरालाई सैनिक महाविद्यालयको सम्मान
रुपिन्द्र प्रभावी
8:54 AM
1
कैलाली । प्रविधिमैत्री
शिक्षक समाज नेपालअन्तरग नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहरा मङ्गलबार
कैलालीमा सम्मानित भएका छन् ।
सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीको दसौँ वार्षिकोत्सवका अवसरमा सोही
विद्यालयमा विगत ६ वर्षदेखि कार्यरत बोहरालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक
सम्पन्न गरी विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान
गरिएको...
Friday, October 2, 2020
देशभरका नेपाली भाषा शिक्षकका लागि अनलाइन तालिम
रुपिन्द्र प्रभावी
6:18 AM
3
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको आयोजनामा देशभरका
नेपाली भाषा शिक्षकका लागि विषयगत अनलाइन तालिम सम्पन्न भएको छ ।
असोज ८ गते सुरु भई ८ दिनसम्म सञ्चालन भएपछि बिहीबार आयोजित समापन समारोहमा प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका
केन्द्रीय अध्यक्ष भूपति बश्यालले नेपाली विषय समितिले सिङ्गो प्रविधिमैत्री
शिक्षक समाजलाई...
Thursday, September 3, 2020
२ वर्षका लागि वैकल्पिक शिक्षाको तयारीमा सरकार (भिडियोसहित)
रुपिन्द्र प्रभावी
9:48 AM
1
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि
पोखरेलले अबको २ वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा शिक्षा मन्त्रालय
लागिरहेको बताएका छन् । कोभिड-१९ नियन्त्रण हुन कम्तीमा २ वर्षा लाग्ने विश्व
स्वास्थ्य सङ्गठनका महानिर्देशकको भनाइलाई आधार मानेर सरकार निर्देशिकाको तयारीमा
लागेको मन्त्री पोखरेलले बताए ।
प्रविधिमैत्री शिक्षक समाज, सङ्खुवासभाले...
Thursday, August 20, 2020
प्रविधिमैत्री शिक्षक समाज, कैलालीको ८ दिने अनलाइन तालिम सम्पन्न
रुपिन्द्र प्रभावी
9:10 AM
4
पोखरा । प्रविधिमैत्री शिक्षक समाज,
जिल्ला समन्वय समिति, कैलालीले सञ्चालन गरेको ८
दिने सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अनलाइन तालिम बिहीबार साँझ सम्पन्न भएको छ
।
जिल्ला समन्वय समितिका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा
भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बस्यालले
सिकाइका लागि धीरता आवश्यक पर्नेमा जोड दिए । देशभरका शिक्षकहरुको...
Wednesday, July 1, 2020
३५० शिक्षकलाई अनलाइनबाटै तालिम
नेपाली भाषा शिक्षक समिति
5:03 AM
0
पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश तनहुँले शिक्षकहरुका लागि अनलाइनबाटै तालिम दिन सुरु गरेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) अन्तर्गत माध्यमिक तथा आधारभूत तहका (६-८) अङ्ग्रेजी, गणित, विज्ञान र सूचना प्रविधि विषयमा ३५० जना शिक्षकहरूलाई भर्चुअल तालिम दिन सुरु गरेको हो ।
तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा बुधबार भएको उद्घाटन सत्रमा...
Saturday, June 20, 2020
नेपाली भाषा शिक्षकहरुको अनलाइन रचना वाचन (भिडियोसहित)
नेपाली भाषा शिक्षक समिति
8:51 AM
0
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिले शनिबार अनलाइन रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
देशभरका नेपाली भाषा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमका प्रमख अतिथि प्राज्ञ डा. देवी नेपालले कविता वाचन गरी उद्घाटन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. नेपालले नेपाली भाषा साहित्यलाई प्रविधिसँग जोडेर...
Monday, June 8, 2020
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन कार्यशाला सम्पन्न
नेपाली भाषा शिक्षक समिति
5:04 AM
2
पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीको २ हप्ते अनलाइन कार्यशाला सोमबार सम्पन्न भएको छ ।
गत जेठ १३ गतेदेखि शिक्षकहरुका लागि सञ्चालित शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषय अनलाइन कार्यशाला समापन कार्यक्रममा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य बनेकोमा वक्ताहरुले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका...
Friday, June 5, 2020
प्रविधिमैत्री शिक्षक समाजको नेपाली विषयगत तालिम समापन
नेपाली भाषा शिक्षक समिति
5:39 AM
1
पोखरा । प्रविधिमैत्री शिक्षक समाजअन्तरगत नेपाली भाषा विषय शिक्षक समितिको १ महिने अनलाइन तालिम शुक्रबार समापन भएको छ ।
वैशाख २४ गतेदेखि सञ्चालित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकका माध्यमबाट कक्षाकोठा हुँदै हरेक विद्यार्थीसम्म प्रविधिमैत्री शैक्षणिक गतिविधि पु¥याउने समाजको अभियान सफल हुँदै...
Sunday, May 31, 2020
Tuesday, May 26, 2020
प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु
नेपाली भाषा शिक्षक समिति
1:23 AM
0
पोखरा
। प्रविधिमैत्री शिक्षक समाज, कास्कीले
मङ्गलबारदेखि शिक्षकहरुका लागि अनलाइन तालिम सुरु गरेको छ ।
अध्यक्ष सकुन्तला
सोतीको अध्यक्षतामा भएको शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषयक अनलाइन
कार्यशालाको पहिलो दिन जिल्ला समितिका सदस्य रुपिन्द्र प्रभावीले इमेल र
इन्टरनेटका आधारभूत विषयमा सहजीकरण गरेका थिए । उनले इन्टरनेटको परिचय, डाउनलोड, इमेल र यसका...
Friday, May 22, 2020
प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशको अनलाइन शिक्षक कार्यशाला सम्पन्न (भिडियोसहित)
नेपाली भाषा शिक्षक समिति
11:14 PM
0
पोखरा । प्रविधिमैत्री शिक्षक
समाज, गण्डकी
प्रदेशको अनलाइन शिक्षक कार्यशाला शनिबार समापन भएको छ । चैत १९ गतेदेखि सुरु भएर
झण्डै ४० दिन (९० घन्टा) सञ्चालन भएको
तालिममा दैनिक ६० देखि ७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमकी
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले
प्रविधिमैत्री शिक्षा सञ्चालनका लागि तीनै तहका...