Tuesday, April 18, 2023
कक्षा ५ को नेपाली किताब (नयाँ पाठ्यक्रमअनुसार)
Sunday, March 19, 2023
प्रशिस गण्डकीद्वारा शिक्षकलाई तालिम
पोखरा । प्रविधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले Digital pedagogy for ICT and 21st century skills Integration सम्बन्धी एकदिने कार्यशाला आइतबार पोखरामा सम्पन्न गरेको छ ।
शिक्षकहरूको लागि प्रविधिमा पहुँच पुर्याउन
र बदलिँदो समयसँगै हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम तथा
उच्च तहमा सिकाइलाई प्रविधिसँग जोडेर प्रभावकारी
र सिकारु अनुकूल सिकाइ सहजीकरणको वातावरण निर्माण गर्नका लागि कार्यक्रम आयोजना गरिएको
प्रदेश अध्यक्ष श्रीकान्त पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशका ३० जना प्रधानाध्यापक र शिक्षकहरूको सहभागिता रहेको कार्यशालामा
त्रिभुवन विश्वविद्यालय र नेपाल खुल्ला
विश्वविद्यालयका प्रशिक्षकहरू डा. जीवन खड्का, डा.
वेदप्रसाद ढकाल, रोमकान्त पाण्डे, डा.जीवन खनाल, प्रा.
डा. तारादत्त भट्टलगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा सहयोगी संस्था 21st CS Nepal, NOU/TU, JAMIK
Finland, HAMK Finland का professors Graham Burns , Eila Burns
, Seija Koskela , Kirsi Korkealehto , Irmeli Lignell and Simo Uusinokka हरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख
हेमप्रसाद आचार्यले उद्घाटन गर्दै शिक्षकहरुलाई प्रविधिसम्बन्धी सिप सिकाउने र प्रविधिमैत्री
वातावरणमा अध्यापन गराउने विषयमा प्रविधिमैत्री शिक्षक समाजसँग आगामी दिनमा
हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा
प्रविधिमैत्री शिक्षक समाज, नेपालका महासचिव
देवीप्रसाद शर्माले संस्थाको परिचय सहित उपस्थित सबैलाई स्वागत गरेका थिए ।
सहभागीहरूका तर्फबाट रोमहर्षण पौडेलले यस्ता कार्यक्रमले निरन्तरता
पाउनुपर्ने धारणा राखे । अध्यक्षता प्रविधिमैत्री मैत्री शिक्षक समाज नेपाल, गण्डकी
प्रदेशका संयोजक श्रीकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव
संविधान लामिछानेले गरेका थिए ।