कविता :
यात्रा घोप्टेभिर उर्फ कोरोनाको
यात्रा घोप्टेभिर उर्फ कोरोनाको
कहालीलाग्दो घोप्टेभिर
भयावह पत्थरहरुको भीमकाय रास
जहाँ थोरै मात्र तलबितल परे
न त सास भेटिन्थ्यो न त लास
घोप्टेभिर भिरमात्रै थिएन
सन्त्रास ,भय अनि मित्थ्याको
रहस्यमय भण्डार थियो
थाहा छैन त्यो भण्डारमा
अरु कुन कुन तत्त्व निहित थियो
चान्नथ्यो कोही घोप्टेभिरमा
कदम बढाउन
अनमोल यो जीवनलाई
दाउमा लगाउन
तर अनायासै एकदिन
डरले मुहार कालोनिलो बनाउदै
गोडाहरु थरथरी कपाउदै
त्रासले धड्किएको मुटुको
ढुकढुकी थमाउदै
निकै कष्टले दुरी कटाउदै
घोप्टेभिरमा देखिई सत् रुपा
बडो सम्यम र साबधानीले
घोप्टेभिरको बाटो कटाई जसै
प्रण गरेकी थिई उसले
आइन्दा अब फर्केर पनि हेर्ने छैन
यो निर्दयी ठाउमा दोहोर्याई आउने छैन
पल,प्रहर,दिन,रात ,साता हुँदै महिनौं बित्यो
तर घोप्टेभिरको त्रास घटेन
रहस्यमय भण्डारको कुनै ताला खुलेन
झनै भयावह बन्दै हुन्कार गर्दै गयो
अनिष्टको बादल नभमा मदारिदै आयो
बाध्यता !
हिजो बाचा बन्धन बाधेकी सत् रुपा
आज त्यही बिकराल ,भयावह अनि
खुकुरीको धारसरीको घोप्टेभिरमा
यात्रा गर्दैछे
काखमा नानी पिठ्युँमा भारी र
काधमा जिम्मेवारी लिएर
आफू र आफ्नाहरुको जीवनलाई
हत्केलामा राखेर
खतरा अनि संक्रमणको भयलाई
आवश्यकताको ज्वालाले तोडेर
म र मेरा मान्छेहरूसङ्ग यात्रा गर्दैछे
कोरोनाको यात्रामा सहयात्री बनेर ।
समाप्त
No comments:
Post a Comment