कैलाली । प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरग नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहरा मङ्गलबार कैलालीमा सम्मानित भएका छन् ।
सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीको दसौँ वार्षिकोत्सवका अवसरमा सोही
विद्यालयमा विगत ६ वर्षदेखि कार्यरत बोहरालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक
सम्पन्न गरी विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान
गरिएको हो । करिब २ दशकदेखि शिक्षणमा क्रियाशील बोहरासँग ‘पश्चिम घटना र विचार’
राष्ट्रिय दैनिकमा प्रधान सम्पादक भई पत्रकारिता गरेको अनुभव पनि छ । प्रविधिमैत्री
शिक्षक समाज, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनी साहित्यमा पनि कलम चलाउँछन् ।
बोहरासँगै शिक्षकद्वय लोकेन्द्र सिंह र गोविन्द रेग्मी तथा कर्मचारीतर्फ टेकराज भट्ट, राजेन्द्रप्रसाद भट्ट, निर्मला चौधरी र सिंहराज चौधरी पनि सम्मानित भएका छन् । त्यसै गरी सैनिकतर्फ दीपक खड्का सम्मानित भएका छन् । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा
महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी निर्मलकुमार थापाको प्रमुख आतिथ्यमा
सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा पुरस्कार
वितरण गरिएको थियो । उपरथी थापाले युगसापेक्ष
शिक्षा दिई विश्व शैक्षिक बजारमा
प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन
गर्ने कार्यमा महाविद्यालय अविराम
लागिरहने विश्वास व्यक्त गरे ।
महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले
धन्यवाद ज्ञापन व्यक्त गर्दै आगामी दिनमा महाविद्यालयको अझ बढी उन्नयन र प्रगति हुने विश्वास दिलाए ।
शिक्षक केपी कलौनीको सञ्चालनमा भएको
कार्यक्रममा स्वागत गर्दै महाविद्यालयका सम्पर्क अधिकृत सेनानी गोविन्द विष्टले कोरोना
कहरमा पनि महाविद्यालय पठनपाठनमा निरन्तर
चलिरहेको उल्लेख गरे ।
२०६७ चैत १० गते स्थापित
विद्यालयमा हाल कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।
बधाई छ हर्क सर
ReplyDelete