नेपाली भाषा शिक्षक समिति: सूचना
Showing posts with label सूचना. Show all posts
Showing posts with label सूचना. Show all posts

Sunday, May 24, 2020

अत्यन्तै जरुरी सूचना (भर्नुपर्ने गुगल फारामसहित)

8:30 PM 3
 अत्यन्तै जरुरी सूचना (भर्नुपर्ने गुगल फारामसहित)
मिति २०७७/२/११ गतेको प्रशिस केन्द्रीय सचिवालय समितिको बैठकको निर्णय अनुसार सबै प्रदेश तथा जिल्लाबाट संस्थाको सदस्य बन्नुभएका सक्रिय सदस्यहरूको विवरण अद्यावधिक गरी संस्थाका अनलाइन तालिमहरुमा सक्रिय सदस्यहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सूचना जारी भएको ७ दिनभित्र सम्पूर्ण सक्रिय सदस्यज्यूहरूले यसै सूचनासँग जारी गरिएको गुगल फाराम अनिवार्य भरी पठाउनुहुन अनुरोध गरिन्छ । साथै आ–आफ्नो प्रदेशमा प्रदेश समितिहरूले र जिल्ला समिति गठन भएको हकमा जिल्ला समितिले यस कार्यमा जिम्मेवारीबोधका साथ सहजीकरण गरिदिनुहुन समेत अनुरोध छ ।



अत्यन्त जरुरी सूचना !

1:42 AM 0
अत्यन्त जरुरी सूचना !

अत्यन्त जरुरी सूचना !

प्रविधिमैत्री शिक्षक समाज नेपालको सक्रिय सदस्यता लिन इच्छुक भई संस्थाको केन्द्रीय खातामा सदस्यता बापतको रकम रु २०००/-(दुई हजार रुपैयाँ मात्र) इसेवा वा इ-बैङ्किङ मार्फत् जम्मा गर्नुभएका शिक्षक मित्रहरूले रकम जम्मा भएको भौचर वा स्लिप संस्थाको इमेल stftnepal19@gmail.com मा आफ्नो नाम, ठेगाना (जिल्ला, स्थानीय तह र वडा नं) त्यसैगरी कार्यरत विद्यालयको नाम र ठेगाना, सम्पर्क नं सहित पठाइदिनुहुन अनुरोध छ । इमेलको विवरणको आधारमा यहाँहरूको सदस्यता प्रमाणपत्र अनलाइन माध्यमबाट पठाइने कुरा समेत अनुरोध छ ।

केन्द्रीय सचिवालय (२०७७/०२/०७)