प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरग नेपाली भाषा शिक्षक समितिको आयोजनामा मितिः २०७७ असोज ९ गते भएको कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीद्वारा प्रस्तुत सामग्री ।
कक्षा ११ को सामग्रीः
कक्षा १ को सामग्रीः
Add caption |
प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको यस ब्लगलाई सम्पूर्ण नेपाली शिक्षकहरूको साझा ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छौँ ।
यसो भनौँ, तपाईँलाई यो ब्लग 'मेरो' पनि हो भन्ने महसुस हुनका लागि के गर्नुपर्ला ? सँगैको सल्लाह, सुझाव फाराम भरी वा सोझै इमेल गरिदिनुहुन सविनय अनुरोध छ ।
- साथै यस ब्लगमा प्रकाशन गर्नका लागि नेपाली भाषा, साहित्य तथा कक्षागत पाठ्यसामग्रीमा आधारित सामग्री पठाइदिनुहुन हार्दिक अनुरोध छ ।
stftnepali@gmail.com
प्रविधिमैत्री शिक्षक समाज नेपालअन्तरग नेपाली भाषा शिक्षक समितिको आयोजनामा मितिः २०७७ असोज ९ गते भएको कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीद्वारा प्रस्तुत सामग्री ।
कक्षा ११ को सामग्रीः
कक्षा १ को सामग्रीः
Add caption |
कथित् सुधारिएको हिज्जेको नियमले के शब्दहरूलाई यसैगरी फुटाउँछ त ? भएभरका जम्मै संयुक्त अक्षरलाई टुक्रा गरेर लेख्ने नियम बनाइएको हो त ? प्रा. हेमाङ्ग राज अधिकारीका अनुसार त्यसो कसैले कहिल्यै भनेको छैन । यिनै अधिकारी अहिले भाषा बिगारेको आरोप खेपिरहेका छन् । अधिकारीकै संयोजकत्वमा आयोजित गोष्ठीले नयाँ नियम पारित गरेको थियो । उनको कुरा सुन्ने हो भने द्द, द्य, क्त, द्व जस्ता केही संयुक्त अक्षरलाई छुट्याएर हलन्त गर्ने भनिएको हो, त्यो पनि विद्यार्थीको सिकाइलाई सजिलो पार्न । फ्लेक्समा भएको जस्तो प्रधानमन्त्रीको प्र र त्र, तथा ज्ञ, क्ष लगायतलाई टुक्र्याउने भनेको होइन । स्पष्ट कुराचाहिँ के भने फ्लेक्समा भएको जस्तो आधा अक्षर (न्) र मात्रा (गौतमको गौ लाई ौ हटाएर गउ) समेत छुट्याएर अलग्गै लेख्ने भनेर कसैले भनेको छैन । वस्तीको तर्क छ– केही संयुक्त अक्षर मात्र टुक्र्याउने कुरा सुन्दा सजिलो छ, तर नियम नै बनाइसकेपछि भोलि गएर सबै संयुक्त अक्षर टुक्रा गर्ने सम्भावना हुन्छ । यो आशंका जायज हो, तर आशंका मात्र । प्रश्न उठ्छ– सुधारिएको हिज्जेले सबै संयुक्त अक्षर छुट्याउँछ, सबै आधा अक्षरलाई हलन्त गर्छ, मात्रा पनि छुट्याउँछ भन्ने वस्ती समूहले पनि मानेको हो कि होइन ? सम्भावनालाई तर्क गर्न सकिन्छ तर तथ्य बनाएर प्रचार गर्न पाइँदैन । फ्लेक्समा दिइएको उदाहरणले भने तथ्यसंगत तर्क गर्दैन, केवल झुटमा टेकेर जिद्दी मात्रै गर्छ ।सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा भनिएको छ, ‘नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँग समेत गहिरो रूपमा सम्बन्धित छ ।’ वास्तवमा हिज्जेको विवाद बहकिएर अन्तै पुगिसकेको छ ।